छुवाछुत कानूनी र सामाजिक अपराध बनेको छ : कानून मन्त्री कोइराला

दैलेख । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला (गोविन्द बन्दी)ले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरूलाई टुङ्गोमा पुर्‍याउने बताएका छन् ।

दैलेखका स्थानीय तहका जनप्रतिनिधिसँग छुवाछुतका विषयमा अन्तरक्रिया गर्न यहाँ आएका मन्त्री कोइरालाले आइतबार बिहान त्रिभुवन पूर्व विद्यार्थी मञ्च दैलेखले आयोजना गरेको एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

‘अझै पनि शान्ति प्रक्रियाका कामहरू टुङ्ग्याउन बाँकी छ, ती कामहरूलाई टुङ्गोमा पुर्‍याउने आफ्नो पहिलो उद्देश्य हो’, कानुनमन्त्री कोइरालाले भने ।

मन्त्री कोइरालाले छुवाछुत जस्ता कुरा कसैले सत्ता सञ्चालनका लागि मात्र बनाएकाले त्यसका विरुद्धमा सबै एक हुनुपर्ने बताए । उनले छुवाछुत कानुनी र सामाजिक अपराध भएको पनि बताए ।

मन्त्री कोइरालाले आफू अन्यायका विरुद्धमा बाल्यकादेखि नै बोल्दै आएको बताए । उनले दैलेखको विकासका लागि सङ्घीय सरकार र आफ्नो ठाउँबाट पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।

तपाईको प्रतिक्रिया