स्थापना दिवसमा खुला म्याराथन दौड प्रतियोगिता

सुर्खेत । ३६ औँ अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा अन्तर विद्यालय खुला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । स्थापना दिवसका अवसरमा बुधवार सम्पन्न म्याराथन दौड प्रतियोगितामा छात्रतर्फ जनज्योति मा.वि. बड्डीचौरका अजय वि.क प्रथम भए ।

यस्तै, सोही विद्यालयका रेशमबहादुर शाहीले द्वितीय स्थान हाँसिल गरे । शिव मा.वि. लाटीकोइलीका हरिबहादुर रावत तृतीय र जन मा.वि. वीरेन्द्रनगरका प्रभात बुढाले सान्त्वना स्थान हाँसिल गरे ।

छात्रातर्फ श्रीकृष्ण मा.वि. इत्रामकी विमला कार्की प्रथम, मदरसा स्कुल पिपिरा सुर्खेतकी विमला वि.क द्वितीय, श्रीकृष्ण मा.वि. इत्रामकी खगिसरा जैसीले तृतीय स्थान हाँसिल गर्दा कोपिला भ्याली स्कुलकी अस्मिता नेपाली सान्त्वना स्थान हात पारिन ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीहरुले क्रमश ४ हजार, ३ हजार, २५ सय र १५ सय पुरस्कार प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया