चामुण्डाको नीति तथा कार्यक्रम : एक वडा एक उत्पादन (पूर्णपाठ)

सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकले आर्थिक वर्ष २०७९⁄०८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नगरपालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा एक वडा एक उत्पादन विशेष कार्यक्रमलाई कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकीकरण गरिने नीति लिएको जनाएको छ ।

यस्तै, नगरपालिकाले नगरभीत्रका गर्भवती महिलाहरुलाई टेलिमिडिसिन सेवामार्फत घरमै गएर स्वास्थ्य परीक्षण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । बिहीबार नगरपालिकाले आर्थिक वर्ष २०७९⁄०८० को नीति तथा कार्यक्रम ११औँ नगर सभामा गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

नगर प्रमुख गणेशकुमार शाहीले नगरसभामा बुधबार निति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘दिगो विकासका लागी पुर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगार,समृद्ध चामुण्डाबिन्द्राशैनी नगर निर्माणको मुल आधार’ भन्ने नाराका साथ योजना अगाडी सारिएको बताए ।

यस्तै, नगरपालिकाले आगामी ३ वर्ष भित्रमा नगरका सबै वडामा स्वच्छ सफा पिउने पानीको सहज सुविधा उपलव्ध गराउन ‘एक घर एक धारा’ नीतिलिई मजुवा खाने पानी योजनालाई व्यवस्थित र पारदर्शी बनाई डौसुरसम्मका लक्षीत उपभोक्ताहरूलाई नियमित पानी उपलव्ध गराउने नीति लिएको नगर प्रमुख शाहीले बताए ।

पूर्ण पाठ

तपाईको प्रतिक्रिया