नौमुलेको प्राथामिक स्वास्थ्य केन्द्रमा फार्मेसी सञ्चालन हुँदै

सुर्खेत । दैलेखको नौमुले गाउँपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र नौमुलेबाट फार्मेसी संञ्चालन हुने भएको छ । नौमुले गाउँपालिका–५ का वडा अध्यक्ष कृष्ण सलामी मगरले प्राथामिक स्वास्थ्य केन्द्र नौमुलेबाट फार्मेसी सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बताए ।

वडा अध्यक्षमा मगरका अनुसार नौमुलेका आम नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच र सहुलियत सुविधा पुग्ने हिसाबले फार्मेसी संञ्चालन ल्याउन लागिएको जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्रबाट निःशुल्क पाउँने ५८ प्रकारका औषधी बाहेक नीजि औषधि पसलमा भन्दा कम मूल्यमा अस्पतालकै फार्मेसीमा उपलब्ध हुने छ । साथै स्वास्थ्य विमा गरेकाहरुका लागि भने, विमाले प्रदान गरेको सुविधा अनुसार निःशुल्क औषधि उपलब्ध हुने वडा अध्यक्ष मगरको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया