चामुण्डा‍को बजेट ४८ करोड ६९ लाख ९१ हजार (पूर्णपाठ)

दैलेख। दैलेखकाे चामुण्डाबिन्द्रासैनी नगरपालिकाकाे आर्थिक वर्ष २०७९⁄०८० को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबारको ११ औँ नगरसभामा नगर-उपप्रमुख मनसरा शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन । नगरसभामा उपप्रमुख शर्माले आर्थिक वर्ष २०७९⁄०८० को लागि ४८ करोड ६९ लाख ९१ हजारको अनुमानित बजेट सभामा प्रस्तुत गरेकी छन ।

नगरपालिकाले शिक्षा, पुर्वाधार विकास , स्वास्थ्य खानेपानी तथा सरसफाई र कृषिमा आधुनिकीकरण र ब्यवसयीकरणमा प्राथमिकता दिएको नगर प्रमुख गणेश कुमार शाहीले जानकारी दिए । चामुण्डाबिन्द्रासैनी नगरपालिकाको आन्तरिक आय चालु आर्थिक वर्षमा २८ लाख मात्र रहेको छ, भने आर्थिक वर्ष २०७९⁄०८० को लागि ४० लाख हुनेमा अनुमान गरेको नगर प्रमुख शाहीले जानकारी बताएका छन । आर्थिक वर्ष २०७९⁄०८०को निति तथा कार्यक्रम भने हिजो विहिबारनै सभामा पेस गरेको थियो । नगरपालिकााले नगरका नागरिकको स्वास्थ्य पहुँचमा जोड्नको लागि विन्द्रासैनी स्वस्थ्य चौकीलाई नगर अस्पातालमा स्तरउन्नती गर्नको लागि ५० लाख विनियोजन गरेको छ । यसैगरी नगरपालिकलाले शिक्षा क्षेत्रमा परिवर्तनको लागि शिक्षाको गुणस्तर विकास गर्न सशर्त बाहेक रु २ करोड ६६ लाख विनियोजन गरेको छ ।

यसैगरी नगरपालिकाले राज्यबाट कुनै प्रप्त नगरेका ५९ वर्ष देखी ६७ वर्ष उमेर समुहका जेष्ठ नागरिक ,अनाथ ⁄ टुहुरा बालवालिकाको लागि आवश्यक सहयोग रकमको लागि ३० लाख वजेट विनियोजन गरेको नगर उपप्रमुख मनसरा शर्माले जानकारी दिएकी छन । नगरपालिकाले वडास्तरिय योजना तथा कार्यक्रमको लागि वडा नं. १ मा २४ लाख ६० हजार ,वडा नं.२ मा २५ लाख २७ हजार , वडा नं.३ को लागि २३ लाख ३६ हजार , वडा नं. ४ मा २४ लाख ८१ हजार , वडा नं. ५ मा २४ लाख ७३ हजार , वडा नं. ६ मा २५ लाख ८ हजार वडा नं. ७ मा २४ लाख २३ हजार , वडा नं. ८ मा २३ लाख ६ हजार र वडा नं. ९ मा २२ लाख ८० हजार रकम विनियोजन गरेको छ ।

नगरपालिकाले वडामा २ करोड १८ लाख ४ हजार रकम विनियोजन गरेकाे छ । यसैगरी नगरपालिकाले विषयगत शाखा अन्तरगत आधारभूत स्वास्थ्य तथा सरसफाई शाखामा ५० लाख , कृषि विकास कार्यक्रमको लागि ३० लाख , पशुविकास कार्यक्रमको लागि १५ लाख , आधारभूत तथा माध्यामिक शिक्षा संचालन तथा व्यवस्थापन कार्यक्रमको लागि २ करोड ६६ लाख ६७ हजार र महिला तथा वालवालिका विकास कार्यक्रमको लागि २० लाख रकम विनियोजन गरेको छ । यसै गरी नगरपालिकाले मजुवा खानेपानीलाई डौसुर सम्म व्यवस्थीत रुपले वितरण गर्नका लागि रु ५० लाख विनियोजन गरेको छ । बजेट माथिको छलफलको लागि सभा आइतवार विहान ११ बजे नगरसभा बस्ने प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया