बराहतालको बजेट ६२ करोड ७१ लाख

सुर्खेत । जिल्लाको बराहताल गाउँपालिकाले ६२ करोड ७१ लाख आठ हजार ६ सय २३ रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पुन मगरले आगामि आर्थिक वर्ष २०७९÷०८० को बजेट गाउँसभामा प्रस्तुत गरेकी हुन् ।

चालुतर्फ ३९ करोड ६४ लाख ५८ हजार ६ सय २३ रुपैयाँ र पूँजीगततर्फ २३ करोड ६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।यस्तै, पालिकाले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार र विकास निर्माणका योजनालाई प्रथामिक्तामा राखेर बजेट ल्याएको छ ।

तपाईको प्रतिक्रिया