आउने संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउँछौं : उपसभापति खड्का

सुर्खेत । नेपाली काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले आगामी संघ र प्रदेशसभाको निर्वाचनमा काँग्रेसको बहुमत आउने दाबी गरेका छन् ।

काँग्रेस सुर्खेतले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसको बहुमत आउनबाट रोक्ने ताकत कसैसँग नभएकोसमेत बताए ।

‘हामीले आउने संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउँछौं । हामीलाई बहुमत ल्याउनबाट रोक्ने ताकत अरु कुनै पनि दलमा छैन’, उपसभापति खड्काले भने, ‘रोकिने हो भने हाम्रै कारणले रोकिने हो । हामीले राम्रो काम गर्न नसकेर रोकिने हो । हाम्रा जनप्रतिनिधिले जनताको सेवा गर्न चुकेर रोकिने हो ।’

जनप्रतिनिधिहरुको जीवनशैली, बोली व्यवहार, योजना कार्यान्वयनको वातावरणले चुनावमा धेरै प्रभाव पार्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया