कांग्रेसकाे पछि लागेर कम्युनिष्टले भोट ल्याएको हो : उपसभापति खड्का

सुर्खेत । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसको पछि लागेर कम्युनिष्टले भोट ल्याएको बताएका छन् ।

कांग्रेस सुर्खेतले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा काँग्रेसको पछि लागेर कम्युनिष्टले भोट ल्याएको बताएका हुन् ।

खड्काले भने, ‘हामीसँग निकटतम प्रतिस्पर्धा गर्ने एमालेले कम्युनिष्ट शासन ल्याउँछु भनेर भोट माग्न सकेको छैन । कांग्रेसभन्दा बढी लोकतन्त्रवादी छौँ, समाजवादी छौँ भनेर उहाँहरूले भन्न सक्नुभएको छैन । कांग्रेसको लोकतन्त्र, समाजवादलाई नै भोट माग्ने आधार कम्युनिष्टले बनाइरहेका छन् ।’

तपाईको प्रतिक्रिया