कर्णालीका सुर्खेत बाढी र दैलेख, रुकुमपश्चिम पहिरोको उच्च जोखिममा

सुर्खेत । जेठ २३ बाट नेपालमा मनसुन सक्रिय भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको लागि मनसुनका कारण हुने जोखिमको आकलन गरेको छ ।

मनसुनका कारण आाउँने बाढी र पहिरोबाट कर्णालीका तीन जिल्ला उच्च जोखिमा रहेको राष्ट्रिय विपद् प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले बताए ।

उनकाअनुसार मनसुनका कारण आउने बाढी र पहिरोका कारण यस वर्ष देशभरका विभिन्न जिल्लामा गरि करिब २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । कुल प्रभावित मध्ये ५ लाख मानिसलाई उद्धार र राहतको व्यवस्था गर्नुपर्ने राष्ट्रिय विपद् प्राधिकरणले प्रक्षेपण गरेको छ ।

प्राधिकरणका अनुसार यस वर्ष कर्णालीका तीन जिल्ला मध्ये पहिरोबाट दैलेख र रुकुमपश्चिम र बाढीबाट सुर्खेत जिल्ला उच्च जोखिममा रहेका छन् ।

यस्तै, प्राधिकरणका अनुसार यस वर्ष २२ वटा जिल्ला पहिरोको उच्च जोखिममा छन् । बाढीको उच्च जोखिममा २३ वटा जिल्ला छन् । इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्युठान, रोल्पा, रुकुम पश्चिम, दैलेख, अछाम र बैतडी पहिरोको उच्च जोखिममा छन् ।

बाढीको उच्च जोखिममा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत कैलाली र कञ्चनपुर जिल्ला छन् ।

विगतमा आउने बाढी पहिरो र मौसम पूवर्ननुमानको आधारमा बाढी र पहिरोको उच्च जोखिमयुक्त जिल्लाहरू वर्गीकरण गरिएको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया