आठबीसको प्रस्ताविक बजेट ५० करोड ७० लाख

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाले ५० करोड ७० लाख रुपैयाँको बजेट प्रस्ताविक गरेको छ । आगामि आर्थिक वर्ष २०७९÷८० लागि पालिकाले ५० करोड ७० लाख रुपैयाँको बजेट प्रस्ताविक गरेको हो ।

गत शुक्रबार आठबीस नगरपालिकाले ११औं नगरसभा गर्दै बजेट सार्वजनिक गरेको हो । नगर उपप्रमुख कल्पना थापा (चन्द)ले आर्थिक वर्ष २०७९÷०८० को लागि ५० करोड ७० लाखको कार्यक्रम तथा बजेट प्रस्तावित गरेकी हुन् ।

यस्तै, नगरपालिकाले द ग्रीन जोन आठबीस निर्माणको अवधारणालाई प्रभाकारी रुपमा कार्यान्वयन गर्ने, राकमकर्णालीमा विशेषज्ञ सेवासहितको अस्पताल संचालनमा ल्याउँने, राकमकर्णालीमै बहुमुखी क्याम्पस स्थापना गरिने, साताला स्वास्थ चौकीमा चिकित्सकिय सेवा सुचारु,आठबीस शिक्षा क्याम्पसको स्तर उन्नति गरिने, स्वच्छ खानेपानीको पहुँच पुर्याउन एक घर,एक धारा को नीति , उज्यालो आठबीस अभियान अन्तर्गत ३ बर्ष भित्र प्रत्येक वडाका नागरिकको घरघर मा बिधुतको पहुँच प¥याउँने जस्ता कार्यक्रमहरु आवश्यक बजेटसँगै प्रथामिक्तामा राखिएको छ ।

तपाईको प्रतिक्रिया