लागूऔषधसहित वीरेन्द्रनगरबाट एक पक्राउ

सुर्खेत । लागूऔषधसहित वीरेन्द्रनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुल्लु नगरपालिका–१० दैलेख घर भएका २० वर्षीया दिनेश शाही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार शाहीलाई बुधबार दिउँसो १२ बजेकोसमयमा पक्राउ गरेको हो । विशेष सुचनाका आधारमा खटिएको लागूऔषध ब्युरो टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले शाहीलाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार शाहीले ४२ पुडिया लागूऔषध जुत्तामा लुकाएर राखेको अवस्थामा पक्राउ गरेको छ । साथै उनको साथबाट नगद ५ हजार रुपैयाँ र तीन थान मोबाइल पनि बरामद गरेको प्रहरीको भनाई रहेको छ । शाही माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया