जीप दुर्घटनाहुँदा चालकको मृत्यु

सुर्खेत । डोल्पामा जीप दुर्घटनाहुँदा चालकको मृत्यु भएको छ । ठुलीभेरी नगरपालिका–९ स्थित सुकपानीबाट डागीवाडा जाँदै गरेको भे १ च १६११ जीप दुर्घटना भएको हो ।

दुर्घटनामा सोही पालिकाका ३५ वर्षीय पूर्णप्रसाद डाँगीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अनियन्त्रि भएर जीप सडकबाट अन्दाजी ५० मिटर तल खस्दा चालक गम्भिर घाईते भएका थिए । घाइते डाँगीको जिल्ला अस्पताल दुनैमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया