पर्यटन प्रवर्द्धनका लागी फोटो प्रतियोगिता हुने

सुर्खेत । कोभिड थला थला परेको पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीय स्थलका पर्यटन प्रवर्द्धन गर्नका लागि फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाल पर्यटन बोर्डको सहकार्यमा अठोट नेपालको आयोजनामा गरिने प्रतियोगितामा कोभिड महामारीले तहस नहस पारेको पर्यटनलाई पुनर्स्थापित गर्नका लागी फोटोको माध्यमबाट देशैभरीका पर्यटकिय गन्तव्यहरुलाई प्रवर्द्धन गर्नका लागी प्रतियोगिताकाको आयोजना गरेको हाे ।

कार्यक्रमका संयोजक देबेन्द्रबहादुर शाहीकअनुसार यो प्रतियोगिता सातै प्रदेशका फोटोग्रफरहरुलाई प्रत्साहन गर्न र उनीहरुको क्षमतालाई उजागर गर्नका लागी गरिएको हाे । प्रतियोगितामा सम्पुर्ण फोटोग्राफरहरुलाई सहभागी हुन आह्वान उनले गरकाे छन् ।

प्रतियोगिले चार वटा विधामा प्रतिस्पर्धा गर्न सकिने उनले उल्लेख गरे । यीमध्य नेचर, कल्चर, लाईफस्टाइल, र वाईल्डलाईफ छन् । हरेक विधामा ५०-५० हजार नगद पुरस्कारको घोषण गर्नुका साथै चारमध्य एक उत्कृष्टलाई से फोक्सुन्डोको फोटोग्राफि टुर प्याकेज समेत रहेको शाहीले बताए ।

प्रतियोगितामा प्रत्यक प्रदेशबाट ७-७ फोटो छनौट गरी जम्मा ४९ र बाँकी चार विधाबाट चार गरेर जम्मा ५३ फोटोहरुलाई नेपालको पर्यटन प्रवर्द्धनका लागी सात प्रदेशमा तस्बिरहरु प्रदर्शन गरीने संयोजक शाहीले बताए ।

प्रतियोगितामा सामेल हुन तथा प्रतियोगिताको सम्पूर्ण जानकारी लिन www.presentingnepal.com मा रहेको बताए । यो प्रतियोगिता भदौको ३ गते अर्थात (वल्ड फोटोग्राफि डे ) को दिन कार्यक्रम गरेर उत्कृष्ट घोषणा गरिनेछ । यस प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ट फोटोग्राफर जगदिश तिवारी र भरत बन्धु थापा छन् । अन्य निर्णायकहरु केही दिनमा राखिने संयोजक शाहीले बताए ।

तपाईको प्रतिक्रिया