थानेश्वर र शान्तीश्रीको स्वरमा ‘एउटा कथा’ सार्वजनिक

काठमाडौं । गायक थानेश्वर गौतम र गायिका शान्तीश्री परियारको स्वरमा ‘एउटा कथा’ बोलको गीत सार्वजनिक भएको छ।

डेढ वर्षअघि सार्वजनिक हिट गीत ‘छुट्नलाई पो रैछ क्यारे’को अध्याय २ को रुपमा यस सांगीतिक प्रेमकथा सार्वजनिक गरिएको हो। प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमको संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन् भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन्।

रामजी लामिछानेको निर्देशनमा तयार भिडियोमा अभिनेता पुष्प खड्का, अभिनेत्री रुबिना थापा र मोडल सुधिर श्रेष्ठको अभिनय हेर्न सकिन्छ।

गीतको अडियो र भिडियो दुवै मर्मस्पर्शी लाग्छ। मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्। कृष्ण केसी प्रस्तुतकर्ता रहेको गीत ‘जननी नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतले युट्युबमा राम्रो भ्युज पाउँदै गएको छ। गीतमा आएको प्रतिक्रिया शतप्रतिशत सकारात्मक छन्। श्रोता दर्शकको प्रतिक्रियाले निर्माण टिम पनि उत्साहित छ।

तपाईको प्रतिक्रिया