एनएमवी बैंकले बनाईदियो हावाले उडाएको विद्यालयकाे छाना

खुल्ला चौरमा पढ्न बाध्य विद्यार्थीहरू खुसी

सुर्खेत । एनएमवी बैंकले विद्यालय भवन पुनर्निर्माण गरेको छ । बैंकले ५ लाख रूपैयाँ बढी रकम खर्चेर विद्यालयको छतसहित पुनर्निर्माण गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ लेहडास्थित सरस्वती प्राथमिक विद्यालयको छत (टिन) उडाउँदा विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य थिए ।

बैंकले एक समारोहकाबीच ४ वटा कोठाको पुनर्निर्माण भवन विद्यालयलाई हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले विद्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको एनएमवी बैंक कर्णाली प्रदेशका एरिया इन्चार्ज मित्रराज प्याकुरेलले जानकारी दिए ।

जेष्ठ ६ गते साँझ आएको हावाहुरीका कारण विद्यालयको भवनमा लगाएको टिनको छाना उडाएको थियो । बैंकको उक्त सहयोग प्रति विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बैंकको सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको बताए ।

हाल भवन पुनर्निर्माणपछि विद्यार्थीहरुले चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ ।

तपाईको प्रतिक्रिया