सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । वीरेन्द्रनगरबाट सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । बुधबार वीरेन्द्रनगर नगरपालिका–४ का ३२ वर्षीया नरबहादुर दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नरबहादुरलाई सवारी ज्यान मुद्दा सुर्खेत जिल्ला अदालतले ३२ हजार जरिवाना र तीन बर्ष कैद फैसला सुनाए पछि फरार भएका थिए ।

नरबहादुरलाई विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रकाउ गरेको हो ।

तपाईको प्रतिक्रिया