यस्तो छ आइतबारको मौसम

काठमाडौं।  अहिले प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया