करेसा बारीमा लडेर वीरेन्द्रनगरमा एक वृद्धाको मृत्यु

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरमा करेसा बारीमा लडेर एक वृद्धाको मृत्यु भएको छ । नगर प्रहरी कार्यालय सुर्खेतकाअनुसार वीरेन्द्रनगर–६ शान्तिटोलका ९० वर्षीया धनरूपादेवि दमाईकाे मृत्यु भएकाे हाे ।

मंगलबार दिउँसो तीन बजेको समयमा धनरुपादेवि घरबाट निस्किँएको र साँझसम्म घरमा नआएको भन्दै उनका छोराले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले  खबर पाउँनसाथ उनकाे घरमा गएर  धनरूपादेविलाई खोज्दै जाँदा घर नजिकै आफ्नै करेसा बारीमा लडेर मृतक अवस्थामा फेला पारेको थियो ।

धनरूपादेविको खोजीमा प्रहरी निरीक्षक कृष्ण डाँगीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

तपाईको प्रतिक्रिया