बर्दियामा ६ वर्षीया बालिका बलात्कृत, ४० वर्षीय श्रीराम पक्राउ

बर्दिया । नाबालिगलाई बलात्कार गरेर फरार बर्दियाको गुलरिया नगरपालिका-१२ का ४० वर्षका श्रीराम चमार पक्राउ परेका छन् । चमारमाथि गत चैत १५ गते सोही ठाउँकी ६ वर्षीय नाबालिगलाई घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको आरोप छ ।

घटनाको सूचना पाएपछि चमारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालित गरे पनि उनी घटनास्थलबाटै फरार रहेका थिए । उनको खोजतलास गर्दै जाने क्रममा लुकिछिपी बसेको अवस्थामा साउन २ गते पक्राउ गरिएको हो ।

प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार चमारलाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया