युक्रेनका राष्ट्रपतिकी श्रीमतीले अमेरिका पुगेर सांसदसँग गरिन् भावुक अपिल

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्काले बुधबार अमेरिकी कंग्रेसलाई रुसविरुद्धको युद्ध लड्न थप सहयोगको लागि आग्रह गरेकी छिन् । वासिङ्टनमा भावुक भाषणका क्रममा उनले भनिन्, ‘म हतियार मागिरहेकी छु । यस्ता हतियार जसको प्रयोग कोही अरुको जमिनमा युद्ध सुरु गर्नका लागि नभई कसैको घरको रक्षाका लागि गरिनेछ ।

ओलेना जेलेन्स्काले यस्तो भावुक अपील यस्तो समयमा गरेकी हुन् जब रुसले आफ्नो युद्धको उद्देश्य पूर्वी युक्रेनभन्दा बाहिर बढेको बताएको छ । यसअघि मंगलबार ओलेना जेलेन्स्काले राष्ट्रपति जो बाइडेनसँग सोमबार राज्य सचिव एन्टोनी ब्लिङ्केनसँग कुरा गरेकी थिइन् ।

उनीसँग युक्रेनको सरकारमा कुनै आधिकारिक विभाग छैन तर युक्रेनमा रुसले युद्ध सुरु गरेको करिब पाँच महिना पुरा भइसकेको छ ।

यस्तोमा युक्रेन अमेरिकासँग थप सैन्य सहायता र राजनीतिक समर्थन चाहन्छ ।

कंग्रेसले युक्रेनलाई करिब ४० अर्ब डलरको सहायता स्वीकृत गरिसकेको छ, जुन सेप्टेम्बरको अन्त्यसम्ममा पूर्ण रूपमा दिइनेछ ।

यस भ्रमणमा ओलेना जेलेन्स्काले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगकी प्रमुख सामन्था पावरसँग पनि भेट गरेकी थिइन् । एजेन्सीले युक्रेनी सरकारलाई र मानवीय आवश्यकताहरूको लागि अरबौं डलर दिएको छ ।

तपाईको प्रतिक्रिया