ठाटीकाँधले भूमिहीनलाई जग्गा वितरण गर्ने

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकाले भूमिहिनलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि आइतबार गाउँपालिकाले राष्ट्रिय भूमि आयोगसँग सम्झौता समेत गरेको छ ।

गाउँपालिकाभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न आयोग र गाउँपालिकाबीच कार्य सहमति पत्रमा हस्ताक्षर भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद उपाध्यायले गाउँपालिकाको तर्फबाट अध्यक्ष रक्षबहादुर शाह र आयोगको तर्फबाट सदस्य दाताराम खनालले कार्य सहमती पत्रमा हस्ताक्षर गरेका जानकारी दिए ।

कार्य सहमती पत्रमा स्थानीय तहको जिम्मेवारी, आयोगले गर्नुपर्ने जिम्मेवारी र आयोग र गाउँपालिकाले दुवैले संयुक्त रुपमा गर्नुपर्ने जिम्मेवारी तोकिएका छन् ।

कार्य सहमती पत्रमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने जग्गाको पहिचान र छनौट गाउँपालिका र आयोगले गर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया