स्काउटबाट वीरेन्द्रनगरका मेयर–उपमेयर दीक्षित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका स्काउट तदर्थ समितिले नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनाललाई दीक्षित गरेको छ । सोमबार एक समारोहकाबीच नगर स्काउट संरक्षका रूपमा प्रमुख ढकाल र प्रमुख स्काउटरका रूपमा उपप्रमुख खनाललाई दीक्षित गरेको हो ।

नेपाल स्काउट नियमावली २०७७ ले नगर स्काउटको नगरपालिका प्रमुख संरक्षक र उपप्रमुख प्रमुख स्काउटर हुने व्यवस्था गरेको छ । दीक्षान्त समारोहमा बोल्दै नगर प्रमुख ढकालले वीरेन्द्रनगरका बालबालिकाहरूलाई पढाईसँगै सामाजिकीकरण, राष्ट्र, राष्ट्रियता र नैतिक शिक्षाका कुरा सिकाउन उत्तिकै आवश्यक रहेको भन्दै स्काउटको माध्यमबाट यसलाई सिकाउन सकिने बताइन् ।

यस्तै, शिक्षा शाखा युवा तथा खेलकुद शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले विद्यालयमा स्काउटका गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता दायर गरे ।

स्काउट कर्णाली प्रदेशका प्रमुख कमल बोहोराले स्वंसेवि एवं अनुशासित नागरिक तयार गर्नका लागि स्काउट शिक्षा आवश्यक रहेको बताएका थिए । साथै स्काउटले नगरपालिका बाट वीरेन्द्रनगरका विद्यालयमा स्काउटका कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक सहयोगको माग गरेको छ ।

तपाईको प्रतिक्रिया