पोखरामा आजदेखि मेयर सम्मेलन, पत्रकारलाई प्रवेश रोक

पोखरा। पोखरा महानगरपालिकाको आयोजनामा आजदेखि सुरु हुने मेयर सम्मेलनमा पत्रकारलाई प्रवेश रोकिएको छ। सराङकोटस्थित माउण्टेन लजमा हुने सम्मेलनमा पत्रकारलाई प्रवेश रोकिएको पोखरा महानगरले जनाएको छ।

मेयरहरू १२ बजे होटल बाराहीमा जम्मा भएर सराङकोट जाँदैछन्। श्रोतका अनुसार काठमाडौँका मेयर बालेन्द्र शाहले पत्रकार प्रवेश रोकेका हुन्। ‘व्यक्तिको कुरा गरेर भएन। समग्रमा सबै मेयरहरूको धारणा पत्रकार प्रवेश रोक्ने नै भन्ने भयो,’ स्रोत भन्छन्, ‘विशेषगरी मेयर बालेन्द्रले पत्रकारलाई नबोलाउने भन्नुभएको बुझिएको छ।’

सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरू आउनेछन्। महानगरले काम गर्दा बेहोर्नुपरेका अड्चन, अवरोध र सुधारबारे सम्मेलनमा छलफल हुनेछ।

तपाईको प्रतिक्रिया