चीनद्वारा ताइवान नजिकै २ मिसाइल प्रक्षेपण

काठमाडाैँ । चीनले ताइवान नजिक सैन्य अभ्यास थालेको छ। उसले दुईवटा मिसाइल प्रक्षेपणसमेत गरेकाे छ। समाचार एजेन्सी रोयटर्सकाअनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको हो। ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ।

ताइवानले भने चीनकाे गतिविधिलाई नजिकबाट नियालिरहेको ताइवानले प्रतिक्रिया दिएकाे छ। यसअघि बुधबार मात्रै वाइवानकी राष्ट्रपति साइइङ वेनले आफ्नाे देश कुनै पनि हालतमा पछि नहट्ने प्रतिक्रया दिएकी थिइन्। यसैबीच ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर आफूहरूले युद्ध नचाहेको जनाएको छ।

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान शुरू गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

याे अभ्यास सम्भवत: इतिहासकै ठूलाे रहेकाे समाचारहरूमा उल्लेख छ। अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन्। उनी ताइवानका शीर्ष नेताहरूसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किसकेकी छन्।

पेलाेसीकाे भ्रमणले चीन-अमेरिका र चीन-ताइवानबीच विवाद बढाएको छ। मिसाइलसम्बन्धीकाे थप जानकारी आउन बाँकी छ।

तपाईको प्रतिक्रिया