बबईबाट ८ बोरा अवैध कपडा बरामद

सुर्खेत। जिल्लाको भेरीगंगा नगरपालिका बबईबाट अवैध कपडा बरामद गरिएको छ। प्रहरीले भेरीगंगा नगरपालिका–५ बबई चेक प्वाईन्टबाट सुर्खेत ल्याउँदै गरेका अवैध कपडा बरामद गरेको हो।

अस्थाई प्रहरी पोष्ट बर्बइको प्रहरी टोलिले नारायणघाटबाट सुर्खेततर्फ आउँदै गरेको ना५ ख ४२५ नम्बरको बसमा अवैध कपडा भेटाएको छ।

उक्त बसलाई चेक÷जाँच गर्दा कुनै पनि बिल नभएको कुर्तासुरुवाल र कुर्ति गरी ८ बोरा कपडा नियन्त्रणलिईआवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ।

तपाईको प्रतिक्रिया