एमाले समन्वय कमिटी बैठकले ग¥यो पाँच निर्णय

सुर्खेत। नेकपा (एमाले) सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ समन्वय कमिटीको बैठक शनिवार बसेको छ। वीरेन्द्रनगरस्थित जिल्ला पार्टी कार्यालयमा बसेको समन्वय कमिटी बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ।

जसअनुसार भदौ पहिलो सातासम्म पालिका कमिटीका बैठकहरु गरिने भएको छ। त्यस्तै, भदौ २० सम्म वडा कमिटीका बैठक तथा प्रशिक्षण कार्यक्रम गर्ने, समन्वय कमिटीको सचिवालय गठन गर्ने र पार्टी सदस्यता नवीकरण गर्न निर्देशन गर्ने बैठकले निर्णय गरेको छ।

बैठकले आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई बिजय गराउने अभियानमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णयसमेत गरेको छ।

समन्वय कमिटीको बैठकलाई एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले केन्द्रीय सदस्य एवम् सुर्खेत सह–इञ्चार्ज मोहनमाया ढकालले सम्बोधन तथा निर्देशन गरेका थिए।

तपाईको प्रतिक्रिया