दाजुबहिनीको नयाँ तीज गीत ‘बेदना’ सार्वजनिक

सुर्खेत। दाजुबहिनीको नयाा तीज गीत ‘बेदना’ सार्वजनिक भएको छ। गायक टेकराज भण्डारी र गायीका लक्ष्मी भण्डारीको तीज गीत ‘बेदना’ सार्वजिनक भएको हो। लक्ष्मी र टेकराज दाजुबहिनी हुन्।

दोहोरी गायक समेत रहेका टेकराज ,लक्ष्मी र सरिता सुनारले ‘बेदना’ गीतमा स्वर दिएका छन्। उक्त गीतमा टेकराजको उत्कृष्ट लय, शब्द सृर्जना रहेको छ भने खेमराज गौतमको संगित संयोजन गरेका छन्। मौलिक शब्दहरुमा सजिएको बेदना गीतमा पारिवारिक घटनामा आधारित यथार्थ विषयबस्तु चित्रण गरिएको छ।

गीतको निर्देशन तथा कोरियोग्राफि तिलक ठकुरीको रहेको छ। गीतको म्युजिक भिडिओमा अनिश कार्कि, टेकराज भण्डारी, लक्ष्मी भण्डारी, शेखर घर्तिमगर, सम्प्रिया खड्का, रिया खड्का, रतिमाया खड्का, ममता राना लगायतका कलाकारहरुको अभिनय गरेका छन्।

अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गीतको म्युजिक भिडओलाई देनिश खनालले छायाँकन तथा राजकुमार मगरले सम्पादन गरेका छन्।

भिडिओ

तपाईको प्रतिक्रिया