प्रेरक प्रसंग

आलोचनाको सामना कसरी गर्ने ?

काठमाडौँ ।  अमेरिकाका सबैभन्दा लोकप्रिय राष्ट्रपति अब्राहम लिंकनको बारेमा विभिन्न पत्रिकामा उनका बारेका नकरात्मक समाचार छापिरहन्थे । विपक्षीहरूले प्रायः कुनै न कुनै पत्रपत्रिकामा उनका बारेका समाचार छाप्न लगाउँथे ।

तर लिंकन ती समाचारको कुनै प्रवाह नगरी आफ्नो काम गरिरहन्थे । उनले समाचारको कहिल्यै खण्डन पठाएनन् र विरोध पनि गरेनन् । एक दिन उनका नजिकका एक जना साथीले सोधे, ‘तिम्रा विरोधीहरूले तिम्रो बारेमा धेरै लेख्छन् । तिनीहरुलाई किन जवाफ दिनुहुन्न ?

लिंकनले मुस्कुराउँदै जवाफ दिए, ‘मित्र ! मैले जवाफ दिन थाले भने मेरो सारा समय यसैमा बित्नेछ । त्यसपछि म कुनै जनहितको काम गर्न सक्दिन। जीवनको अन्त्यमा यदि म मेरो कर्मबाट खराब साबित भएँ भने मैले दिएको कुनै पनि व्याख्याको कुनै मूल्य हुँदैन।’

उनले अगाडि भने, ‘यदि म असल व्यक्ति हुँ भने यी आलोचनाको कुनै अर्थ रहनेछैन। त्यसैले म उनीहरुको वास्ता नगरी चुपचाप आफ्नो काम गर्छु ।’ तसर्थ, हामीले हाम्रा कार्यहरूद्वारा मानिसहरूको आलोचनालाई जवाफ दिनुपर्छ।

तपाईको प्रतिक्रिया