१२ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा वुबा पक्राउ

सुर्खेत । छोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत प्रहरीले बुवालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका ठेगाना भएकी छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा मेहलकुना प्रहरीले बुवालाई पक्राउ गरेको हो ।

यहीँ साउन २६ गते रातीको घटना भएपनि दुई दिनपछि मात्रै घटना सार्वजनिक भएको थियो । बालिकालाई बलात्कार गरेको जानकारी आफन्तहरुले दिएपछि प्रहरी चौकी मेहलकुनाबाट गएको टोलीले पीडकलाई शनिवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

‘छोरीलाई बलात्कारको आरोपमा पक्राउ परेका उनका वुबालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ कार्कीले भने, ‘ईलाका प्रहरी कार्यालय छिन्चुले अनुसन्धानका लागि आइतबार म्याद थप गरेको छ ।’ पीडित बालिकाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित विरुद्ध जवरजस्ती करणी उद्योग अन्तरगत मुद्दा अघि बढाइएकाे प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया