वीरेन्द्रनगरकाे समावेशी टाेलबाट ब्राउन सुगरसहित श्रीमान श्रीमती पक्राउ

सुर्खेत। सुर्खेत प्रहरीले लागूऔषध ब्राउन सुगरसहित श्रीमान श्रीमतिलाई पक्राउ गरेकाे छ । ब्राउन सुगरकाे काराेवार गरिरहेकाे गाेप्य सूचनाकाे आधारमा उनीहरुलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर-४ समावेशी टोलका लल्लु भन्ने किरण गिरी र उनकाे श्रीमती सानु भन्ने सरला शाही रहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

प्रहरीले उनीहरुको साथबाट ४७ ग्राम ६२० मिलि ग्राउम ब्राउन सुगर र नगद रु. २६ हजार तीन सय रुपैया समेत बरामद गरेकाे छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे कार्यालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया