संघीय शासन प्रणाली सबलिकरण बिषयमा अन्तरक्रिया

सुर्खेत। संघिय शासन प्रणाली सबलिकरण बिषयक अन्तरक्रिया कार्यक्रमका शुरू भएको छ। सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरू भएको हो।

संघिय संसद, राष्ट्रिय सभा, संघियता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको आयोजनामा, कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ब्यवस्थापनमा कार्यक्रमको सुरूआत भएको हो।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश सभा कर्णाली प्रदेशको सहजिकरणमा, संघियता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदिय विशेष समितिका संयोजक खिमलाल देवकोटाले कार्यक्रमको अध्यक्षता गरेका छन्,।

यस्तै, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, कर्णाली प्रदेशका ।मुख्यमन्त्री जीवनबहादुर शाहिको विशेष आतिथ्यतामा, प्रदेश सरकारका मन्त्रीहरु, नीति तथा योजना आयोगका पदाधिकारीहरु, मुख्य न्यायधिवक्ताहरु, प्रदेश सभाका सभामुख, उपसभामुख , लोकसेवा आयोगका पदाधिकारीहरु, प्रदेश अन्तरगतका विभिन्न स्थानिय तह (नगरपालिका, गाउन्पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष,निजि क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र पत्रकारहरू सहभागीता रहेको छ। अन्तरक्रिया कार्यक्रम सोमबार र मंगलबार चल्ने छ।

तपाईको प्रतिक्रिया