भैरव माविको विवस अध्यक्षमा तिमिल्सेना

सुर्खेत। जिल्लाको वीरेन्द्रनगरमा रहेको भैरव माध्यामिक विद्यालयको अध्यक्षमा गंगाराम तिमिल्सेना चयन भएका छन्। मंगलबार वीरेन्द्रनगर–४ मा रहेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा तिमिल्सेना सर्वसम्मत चयन भएका हुन्।

समितिको सदस्यहरूमा पार्वती धौलाकोटी, गणेशमान खनाल, कमला गैरे, चन्द्रा बि.क र बिष्णुप्रसाद चालिसे सर्वसम्मत चयन भएका छन्।

यस्तै, विद्यालय व्यवस्थापन समितिको सल्लाहकारहरूमा सदस्यहरूमा निलकण्ठ खनाल र कालुराम धौलाकोटीलाई राखिएको छ।

तपाईको प्रतिक्रिया