माओवादीमा २१ सदस्यीय पदाधिकारी, महासचिवमा देव गुरुङ (सूचीसहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रमा २१ जना पदाधिकारी हुने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जनाको पदाधिकारी राख्ने प्रस्ताव गर्दै नाम पेश गरेका हुन्।

प्रचण्डले महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका छन्। बैठकमा प्रचण्डले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, ७ उपमहासचिव, ९ सचिव र एक कोषाध्यक्षकाे ​प्रस्ताव गरेका हुन्। गत पुसमा भएको महाधिवेशनले भने १५ जना पदाधिकारी रहने निर्णय गरेको थियो।

प्रस्तावित सूची

अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ

उपाध्यक्ष : कृष्णबहादुर महरा

महासचिव : देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मात्रिका यादव,

सचिव : दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष : श्रीराम ढकाल

तपाईको प्रतिक्रिया