बुधबार लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाडौँ। अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। देशको पूर्वी र मध्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद्सले बताएका छन्।

मौसमविद्नुका असार पछिल्लो एक घण्टामा इलामको कन्याम, नुवाकोटको ककनी, सिन्धुलीको केही ठाउँ, दाङको नयाँ बस्ती, म्याग्दीको गुर्जाखानीलगायतका ठाउँमा ठूलो पानी परेको छ।

अरू ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ। पानी पार्ने मौसमी प्रणाली अहिले पश्चिमतिर सर्ने क्रममा रहेकाले आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै पानी पर्ने सम्भावना छ। बाँकी ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ।

स्थानीय रूपमा बनेको बादल र न्यून चापीय रेखाको प्रभावका कारण अब केही दिन मनसुन सक्रिय हुनेछ। केही दिनयता राम्ररी पानी नपरेर गर्मी बढेको थियो।

भोलि बुधबार लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेका छन्। देशका अरू ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

तपाईको प्रतिक्रिया