भौतिक पूर्वाधारका योजना समयमै सक्न निर्देशन

सुर्खेत। जिल्लाको वीरेन्द्रनगर नगरपालिकाले भौतिक पूर्वाधारका योजनामा हुने ढिला सुस्ती रोकेर समयमै सम्पन्न गर्न निर्देशन दिएको छ। बुधबार वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले आगामी जेठ १५ गते भित्र सबै योजना कार्यन्वयन गरिसक्न वडाध्यक्षहरुलाई दिएको छ।

आर्थिक वर्षको अन्त्यमा योजना शुरू गर्ने, जथाभावी बजेट खर्च हुने प्रवृतिलाई अन्त्य गर्ने विषयमा बैठकमा छलफल गरेको छ। प्राविधिक र सबै वडाध्यक्षको उपस्थितीमा भएको बैठकमा बजेट समयमै निकासा गर्ने, योजनमा देखिएका कठिनाई तत्काल नगरपालिकामा जानकारी गराउने, अवरोध हटाउँने, अनुगमनलाई प्रभावकारी बनाउने जस्ता निर्णय भएका छन्।

आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम र बजेटअनुसार नगरपालिका भित्रका सबै वडाहरुलाई काममा तिव्रता ल्याउन प्रमुख ढकालले आग्रह गरेकी छन्।

तपाईको प्रतिक्रिया