बेन्जिमालाई यूईएफए प्लेयर अफ दी इयरको अवार्ड

काठमाडौं । करिम बेन्जिमाले यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड बेन्जिमाले यूईएफएले प्रदान गर्ने यो अवार्ड जितेका हुन् ।

यूईएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै बेन्जिमाले अवार्ड जितेका हुन् । बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जितेका हुन् ।

महिलातर्फको प्लेयर अफ दी इयरको अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले हात पारिन् । पुरुषको उत्कृष्ट प्रशिक्षकको अवार्ड गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका रिएलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जित्दा महिलातर्फको उत्कृष्ट प्रशिक्षकको अवार्ड सरिना विग्मानले जितिन् ।

तपाईको प्रतिक्रिया