संघकाे चुनाव लड्न प्रकाश ज्वालाको नाम सिफारिस, चुनाव जित्न कति सहज ?

सुर्खेत । नेपका (एकीकृत समाजवादी) पार्टी जिल्ला कमिटि सल्यानले प्रतिनिनिध सभा निर्वाचको लागि प्रकाश ज्वालाको नाम सिफारिस गरेको छ। नेपका (एकीकृत समाजवादी) पार्टी सल्यानले आगामि मंसिर ४ गते हुने निर्वाचनका लागि चुनाव लड्न उनको नाम सिफारिस गरेको हो।

समाजवादी जिल्ला सचिव रमेश गौतमले समाजवादी सल्लायनले संघमा ज्वाला र प्रदेश सभा (क) र (ख) तर्फ ६ जनाको नाम सिफारिस गरिएको जानकारी दिए। पार्टीका उप–महासचिव तथा कर्णाली प्रदेश इन्चार्जसमेत रहेका ज्वालाको नाम चुनाव लड्का लागि मंगलबार सिफारिस गरेको छ।

सचिव गौतमकाअनुसार संघमा पर्टीले समानुपातिकतर्फ दामोदर शर्मा र शान्ता हमालको नाम सिफारिस गरेको छ। सल्यानमा एक प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा रहेको छ। जसमा समाजवादीले प्रदेश (क)मा लोकबहादुर डाँगी, प्रेमा अधिकारी र जीवन बिसीको नाम सिफारिस गरेका छ।

यस्तै, प्रदेश सभा (ख)मा भद्रसिंह बुढा, सारदा परीयार र हरी केसीको नाम सिफारिस गरिएको छ। साथै सल्यानमा गठबन्धन भएको खण्डमा पनि प्रतिनिधि सभामा सामाजवादीले नै टिकट पाउँने देखिन्छ। ज्वाला कर्णाली प्रदेशका सांसदहुँदा सरकारमा माओवादीलाई सत्तामा टिकाउँन र काँग्रेसलाई सत्तामा पु¥याउँन् महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यतीबेला माओवादीबाट पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा पर्दा ज्वालाले आफुसहित तीन जना सांसदलाई फ्लोर क्रस गर्न लगाएर सत्ता जोगाएका थिए। तर, सल्यानमा साजवादी अन्य दल भन्दा कमजोर देखिएको छ।

कुन दलको अवस्था कस्तो?
सल्यान जिल्लामा प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने देखिएको छ। यस जिल्लामा समाजवादीका नेता ज्वाला प्रभावशाली नेताका रूपमा चिनिन्छन्। सल्यानमा एमाले विभाजन हुनु पहिले एमाले पहिलो दल बनेको थियो। जिल्लाका प्रभावशाली नेता ज्वाला समाजवादीमा लागेपछि एमालेको जनाधार कम मानिको छ।

यदी नेपाली काँग्रेस, माओवादी, एमाले र समाजवादी एक्ला–एक्लै चुनाव लडेपछि एमालेको जित हासिल गर्ने सक्ने सम्भावना छ। किनकी नेकपा (एमाले)का पोलिट ब्युरो सदस्य तथा कर्णाली प्रदेश सह–इन्चार्जसमेत रहेका गुलावजंग शाहको गृह जिल्ला पनि सल्यान हो। उनि पनि एमालेका प्रभावशाली नेताका रूपमा पर्दछन्।

०७४ को स्थानीय तहको निर्वाचनमा १० वटा पालिका मध्ये एमालेले चार पालिका प्रमुख, काँग्रेसले तीन, माओवादीले तीन पालिकाको नेतृत्व पाएको थियो। तर, स्थानीय निर्वाचन–२०७९ मा भएको निर्वाचनमा काँग्रेसले पाँच वटा पालिकाको नेतृत्व पाउँदा एमाले र माओवादीले दुई-दुई वटा र समाजवादीले एउटा पालिकामा सीमित हुन पुगेका छन्।

यस जिल्लामा कांग्रेसको एउटा गुट एमाले र एउटा कांग्रेस–माओवादीसँग तालमेल गरेर चुनाव लडेका थिए। १० पालिका मध्ये माओवादीले ३ वटा पालिकामा प्रमुखमा उम्मेदवार उठाएको थिएन् भने कांग्रेस र एमालेले एक÷एक वटा पालिकाको प्रमुखमा उम्मेदवारी दिएको थिएन्। समाजवादीले धेरै जसो पालिकाको प्रमुख पदमा माओवादी र कांग्रेसलाई साथ दिएको थियो।

यस्तै, उपप्रमुख सहितको मतभार जोड्दा कांग्रेसको ४२ हजार एक सय र माओवादीको ३८ हजार तीन सय ८४, एमालेको ३१ हजार नौ सय ९४ र समाजवादीको १५ हजार तीन सय ११ मतभार संख्या रहेको छ। यो स्थानीय तहको मतपरिमाण हेर्दा प्रकाश ज्वालालाई एक्लै चुनाव जित्न मुश्किल देखिन्छ। किनकी सल्यानमा समाजवादीको १५ हजार मात्रै मतभार रहेको छ। सल्यानमा शक्तिशाली नेताको रुपमा परेका ज्वाला गठबन्धन भएर टिकट पाएपछि चुनाव जित्ने सक्ने सम्भावना देखिन्छ।

पार्टीको जनाधार कमजोर भएपनि ज्वाला प्रतिनिधि सभाको उम्मेदवार बनेको खण्डमा अगाडि आउन सक्ने प्रबल सम्भावना रहेको समाजवादीका नेताहरु आकलन रहेको छ। यस अघि कर्णाली प्रदेश सरकारको अर्थमन्त्री भइसकेका ज्वाला ०५१ सालमै प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए। ०५६ को आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा एमालेबाट निर्वाचित समेत भएका थिए।

यस्तो छ, ०७४ को अंकगणित
०७४ मा प्रतिनिधि सभामा माओवादीले जितेको थियो। माओवादीका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका थिए।

प्रदेशसभा अन्तर्गत (क) बाट एमालेका गुलाबजंग शाह १९ हजार ६५८ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका एकराज डाँगीले १० हजार ६१२ मत पाएका थिए। (ख)मा पनि एमालेबाट प्रकाश ज्वाला १९ हजार ८३६ मत ल्याएर निर्वाचित हुँदा काँग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत प्राप्त गरेका थिए राप्रपाले ६ हजार ५४ मत पाएको थियो।

अन्य दलबाट को–को छन् चर्चामा?
प्रतिनिधि सभातर्फ
प्रतिनिधि सभाका लागि माओवादीबाट टेकबहादुर बस्नेत, उमाकान्त शर्मा, भिमप्रकाश मल्ल, रमेश मल्ल लगायतका नेताहरूको नाम चर्चामा छ। बस्नेत ०७४ का विजयी भएका नेता हुन्। कांग्रेसबाट जिल्ला सभापति केशबहादुर विष्ट, राजेन्द्रबहादुर शाह, ध्रुवराज पुरीको नाम चर्चामा छ। भने एमाले यस विषयमा कुनै हल्ला गरेको छैन्। तर, पनि एमालेबाट मनोजकुमार प्रधान, गोविन्द पुन सम्भावित उम्मेदवारको लिष्टमा छन।

प्रदेश सभातर्फ
यहाँ प्रदेश सभा (क) तर्फ बनगाड कुपिण्डे नगरपालिकाको ७ वटा वडा, कुमाख, दार्मा, सिद्धकुमाख गाउँपालिका तथा बागचौर नगरपालिका र शारदा नगरपालिकाका ४ वटा वडा पर्दछन्। (क)मा माओवादीबाट प्रतिनिधि सभामै चर्चामा रहेका नेताहरुको नाम आउँछ।

प्रतिनिधि सभा माओवादीको भागमा नपरेपछि भिम प्रकाश मल्ल, उमाकान्त शर्माले प्रदेशमा पनि आउन सक्ने देखिन्छ।
यस्तै टिका बुढाथोकी पनि सम्भावित उम्मेदवार हुन्। कांग्रेसका सुरेश चन्द, एकराज डाँगी, दीपेन्द्र कुमार खत्री, सम्भावित उम्मेदवार हुन् भने ध्रुवकुमार पुरी संघ नभएको खण्डमा प्रदेशमा पनि आउन सक्ने देखिन्छ।

एमालेबाट (क) तिलक मल्ल, गुलाबजंग शाह, घनश्याम शर्मा, गोविन्द पुन, दीपेन्द्रप्रकाश गिरी लगायतका नेताहरु सम्भावित नेताहरु हुन्। (ख) मा शारदा नगरपालिकाका चार वटा वडा, कालिकामाटी, त्रिवेणी, छत्रेश्वरी, कपुरकोट गाउँपालिका तथा वनगाड कुपिण्डे नगरपालिकाका पाच वटा वडाहरु पर्दछन्।

यस क्षेत्रमा माओवादीबाट चित्रबहादुर केसी, प्रमोद श्रेष्ठ सम्भावित उम्मेदवार हुन् भने कांग्रेसबाट सुरेश अधिकारी, सन्तोष केसी, चक्र देवकोटा, मानबहादुर डाँगी सम्भावित उम्मेदवारमा पर्छन्। यदी संघ नभएको खण्डमा पार्टी सभापति केशबहादुर विष्ट पनि प्रदेशमा आउने देखिन्छ। एमालेबाट पार्टी जिल्ला उपाध्यक्ष भीमबहादुर सेन, नेपबहादुर कुंवर, कुन्ती बस्नेत सम्भावित उम्मेदवार हुन्।

तपाईको प्रतिक्रिया