आर्थिक पत्रकार समाजद्वारा वजेट रिपोटिङ्गका विषयमा अभिमुखिकरण

सुर्खेत । युएनडिपीको सहयोग आर्थिक पत्रकार मञ्च (सेजन) को आयोजनामा वजेट रिपोटिङ्ग सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ। सोमबार युएनडिपीको संसद सहयोग परियोजना अन्तर्गत वजेट रिपोटिङ्गमा रुचि भएका सुर्खेतका १५ जना पत्रकारलाई वजेट रिपोटिङ्गका बारेमा अभिमुखिकरण दिइएको हो।

कार्यक्रममा आर्थिक पत्रकार समाजका अध्यक्ष एवम् बिजनेश समाचारका सम्पादक जनार्दन बरालले बजेट सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। यस्तै नागरिक दैनिकका समाचार प्रमुख बालकृष्ण ज्ञवालीले जनचाँसो केन्द्रित वजेट सचेतनाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागि गोरखापत्र दैनिकमा कार्यरत पत्रकार मुना हमालले कार्यक्रमबाट वजेट रिपोटिङ्ग सम्बन्धी नयाँ विषय सिक्न पाएको बताइन्। हमालले वजेटका विषयमा समाचार लेख्ने गरिएको तर वजेटमा आम जनचासोका विषय, वजेट निर्माणका पक्रिया, राजश्व प्राप्ति, वजेट खर्च लगायतका विषयमा अनविज्ञ रहेको बताउँदै कार्यक्रमले त्यस्ता विषयका बारेमा प्रष्ट पारेको बताइन। यस्तै अर्का सहभागी सञ्चारिका समूहकी अध्यक्ष सिता वलीले वजेट रिपोटिङ्गका बारेमा धेरै कुरा सिक्ने अवसर पाएको उल्लेख गरिन्।

कार्यक्रममा आफ्नो भनाइ राख्दै युएनडिपीको संसद सहयोग परियोजनाकी संसद मामिला अधिकृत केरिना श्रेष्ठले प्रदेश सरकारले ल्याउने वजेट आम नागरिकलाई सरल भाषामा बुझ्ने गरी रिपोटिङ्ग गर्न सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन ।

अभिमुखिकरणबाट वजेट रिपोटिङ्गलाई बिट बनाउँन चाहने पत्रकारहरुका लगि फलदायी हुने विश्वास लिएको बताइन। केही वर्ष यता युएनडिपीले संसद सहयोग परियोजना मार्फत संसद सचिवालय र स‍ंसदीय समितसहरुसँग नजिक रहेर काम गर्दै आएकाे छ।

कार्यक्रममा सहभागीहरुले मोफसलमा वजेटलाई नै बिट बनाएर रिपोटिङ्ग गरेको अनुभव आफूहरुसगँ नभएको भन्दै कार्यक्रमले वजेट रिपोटिङ्गका विषयमा थप लेखन शैलीको विकास भएको बताएका छन् । वजेट रिपोटिङ्गका लागि गरिएको कार्यक्रमले थप सिकाईमा महत्वपूर्ण भुमिका खेल्ने उनीहरुको भनाई थियो ।

यस्तै कार्यक्रममा सहभागी १५ जनालाई कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको वजेट, वजेटका प्राथमिकता, संसद सचिवालय र संसदीय समितिका काम कारवाही लगायत विषयमा सम्बन्धित रहेर ३० वटा फिचर तयार गर्नेगरी लेखनवृतिसमेत प्रदान गरिएको छ ।

कार्यक्रममा वजेट, वजेट निर्माणका पक्रिया, वजेट निर्माणमा संसदको भूमिका, विषयगत समितिको काम, कर्तव्य र अधिकार, राजश्व प्राप्तीको आधार र वजेट रिपोटिङ्ग गर्दा ध्यान दिनुपर्ने आमजनचासोका विषय, रिपोटिङ्गका क्षेत्रलगायतका विषयमा छलफल भएको थियो। कार्यक्रममा सेजनका उपाध्यक्ष सुजन वली, सदस्य अमर बडुवाल लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया