सन्दीपमाथि लागेको यौनशोषणको आरोप र क्यानमाथि उठेको नैतिक प्रश्न

 

सम्भवत : नेपाली खेलकुद क्षेत्रमा सर्वाधिक बढी स्टारडम कसैको छ भने राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेकै छ। यिनै सन्दीप अहिले आफ्नो करिअरको सर्वाधिक उच्च फर्ममा रहेका छन्। २२ वर्षीय सन्दीपसँग नेपाली राष्ट्रिय टिमले ठूलो अपेक्षा गरेको छ। उनको प्रगतिसँगै नेपाली क्रिकेट पनि उँभो लाग्ने आँकलन गर्नेको कमी छैन। तर तिनै सन्दीपलाई अहिले एक किशोरी बलात्कारको गम्भीर आरोप लागेको छ।

सन्दीपविरुद्ध बलात्कारको उजुरी परेको २४ घण्टा बितिसकेको छ। तर अहिलेसम्म कप्तान सन्दीपले आफ्नो आधिकारिक धारणा सार्वजानिक गरेका छैनन्। उनी अहिले क्यारेबियन प्रिमियर लिग ९सीपीएल० का लागि वेस्ट इन्डिजमा छन्। तर एक खेलाडी खेलमा जति चतुर हुन्छ। त्यति नै इमानदारीको कसीमा खरो उत्रिन जरुरी हुन्छ।

सन्दीपले जस्तै क्यानले पनि आधिकारिक रूपमा कुनै भनाइ सार्वजानिक गरेको छैन। तर उसले प्रहरीलाई छानबिनमा आवश्यक सहयोग गर्ने बताएको छ। तर आधिकारिक रूपमा प्रहरीको छानबिनपछि दोषी ठहर नभएसम्म कुनै पनि कारबाही प्रक्रिया तत्काल नचलाउने भनेको छ। यसको अर्थ क्यान सन्दीपको बचाउमा अप्रत्यक्ष रूपमा लाग्ने पक्का छ।

कस्तो छ अन्तर्राष्ट्रिय नजिररु

त्यसो त स्टार खेलाडीमाथि यस्ता आरोप लाग्नु अन्तर्राष्ट्रिय खेलकुदमा नौलो होइन तर नेपाली परिप्रेक्ष्यमा भने नयाँ घटना हो। त्यसमा पनि बालिका बलात्कारको आरोप झनै संगीन हो।

अन्तर्राष्ट्रिय खेलकुदमा क्रिस्टियानो रोनाल्डोदेखि टाइगर उड्ससम्मले बलात्कार आरोप फेस गरिसकेका छन्। डियोगो म्यारोडोनालाई मृत्युपछि यो आरोप लाग्यो।

समग्रमा स्टार खेलाडी खेलमा जति तेज हुन्छन् उनीहरुको व्यक्तिगत जीवन भने भयानक हुन्छ। बलात्कारको आरोपसँगै सन्दीप स्टारडमको ुक्रेजु जोगाउन असफल मात्र होइन कतै जघन्य अपराधको भागीदार हुने त होइन भन्ने प्रश्न उठेको छ।

अन्तर्राष्ट्रिय अदालतहरूमा खेलाडीले गरेको यौन दुर्व्यवहारको मुद्दा खोतल्दा चाङ भेटिन्छन्। तर दोषी ठहर भएर जेल नै बसेका केस नगण्य छन्। त्यसैले सन्दीपविरुद्ध लागेको आरोप नेपालका लागि मात्र होइन अन्तर्राष्ट्रिय रूपमा नै ‘हट’बनेको छ। जुन स्वाभाविक पनि छ।

क्यानको दायित्व

आफ्ना कप्तानविरुद्ध स्वाभाविक रूपमा आवाज उठेपछि र त्यसमा पनि ‘क्लोज क्याम्प’को समयमा नै होटल बाहिर गएको र किशोरीसँग रात बिताएको कुरा सार्वजानिक हुनासाथ क्यानले उनले क्लोज क्याम्प छोडेको हो कि होइनरु हो भने उनले के भनेर बाहिरिएका थिए, या नभनी बाहिरिएका थिए, लगायत विषयमा प्रष्ट पार्नुपर्ने हो।

बलात्कारको विषयमा क्यान मौन रहन सक्छ तर एक कप्तानले आफ्नो अनुशासन उल्लंघन गरे या नगरेको विषयमा स्पष्ट पार्नु पर्ने दायित्वबाट पन्छिन मिल्दैन। अझ बलात्कार जस्तो जघन्य आरोपलाई सामान्यीकरण गर्ने जुक्ति निकाल्नु क्यानका लागि समेत घातक हुने छ। त्यसैले सार्वजानिक रूपमा क्यानले सन्दीपबारे धारणा सार्वजानिक गर्न जरूरी छ।

सन्दीप आफै पनि बोल्ने कि रु

राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा यत्रो आवाज उठेपछि सन्दीपले आफैँ प्रष्टीकरण दिनु पर्छ। यदि उनि नैतिक रूपमा बलियो हुने हो भने आवश्यक अनुसन्धानलाई सहयोग गर्न भन्दै सीपीएल छाडेर नेपाल फर्किनु पर्छ।

यसले उनको ‘हाइट’ घटाउने होइन बढाउने छ, यदि निर्दोष सावित भएमा। तर मौन बसेमा बजारमा चल्ने तमाम हल्लाले सत्यता पाउने खतरा हुने छ। यदि सहमतिमा नै शारीरिक सम्पर्क भएको हो भने पनि उनले सार्वजानिक रूपमा स्वीकार्नु पर्छ र कानुनअनुसार सजाय भोग्न तयार हुनु पर्छ। साथै तत्काल राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिनु पर्छ।

सन्दीपलाई अपराधी करार गरिनु दुर्भाग्य

कसैको करिअर सकाउन आरोप जोसुकैले जोसुकैलाई लगाउने गरेको नजिर हाम्रै समाजमा विद्यमान छ। तर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सन्दीपलाई बलात्कारीको दर्जामा राखेर भैरहेका कमेन्टहरूले झनै उच्छृङ्खलता बढाउने छ।

यसले सन्दीपलाई अदालत नपुग्दै दोषी देखाउने होड दुर्भाग्यपूर्ण छ। उनी दोषी देखिए स्वाभाविक रूपमा कानुनी कारबाहीको भागिदार बन्नु पर्छ तर निर्दोष देखिएमा यो बिचमा उनले गुमाएको मूल्यको क्षतिको आँकलन गर्न सकिँदैन।

 

तपाईको प्रतिक्रिया