कोरियन भाषा पास आउटमा अब्बल ‘ट्रष्ट एजुकेशन’

सुर्खेत । तेस्रो मुलुक दक्षिण कोरिया नेपालीहरुको रोजगारीका लागि प्रमुख गन्तव्य मुलुक हो । यहाँ वर्षेनी हजारौं युवाहरु रोजगारीका लागि आफ्नो भविष्य सुनिश्चित गर्न पुग्ने गरेका छन् । विगतमा कोरियन भाषा पढ्न सुर्खेत बाहिर जानु पर्ने बाध्यता थियो । तर सुर्खेतमै कोरियन भाषाको कक्षा हुन थालेपछि कर्णाली प्रदेशका युवाहरुलाई थप सहज बनाइदिएको छ ।

वीरेन्द्रनगरको न्यूरोडमा रहेको ट्रष्ट एजुकेशन सेन्टरले यो वर्ष दक्षिण कोरिया पठाउन ४४ जना युवाहरुलाई पास आउट गरेको छ । २०७२ सालदेखि कोरियन भाषा पढाउँदै आएको ट्रष्टले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको सञ्चालक हरी कँडेल बताउँछन् ।

२०७२ देखि २०७६ सालसम्म मात्रै करिव दुई सय बढी युवाहरुले ट्रष्टबाट अध्ययन गरेर दक्षिण कोरिया पुगेको कँडेलले जानकारी दिए । ‘२०७६ बाट शुरु भएको कोरोना महामारीका कारण दुई वर्ष पठनपाठन प्रभावित बन्यो,’ कँडेलले भने, ‘कोरोना महामारीपछि यो वर्ष मात्रै ४४ जान पास भएका छन् ।’

ट्रष्टले न्यून आय भएका युवाहरुलाई विशेष छुट तथा निःशुल्क पढाइरहेको जानकारी कँडेलले दिए । उनले कतिपय युवाहरु पढ्दापढ्दै छोडेकाहरुलाई परामर्श दिएर उनीहरुको भविष्यलाई राम्रो बनाउने कार्यमा सेन्टर लागेको कँडेलले उल्लेख गरे ।

यो वर्ष पास आउट भएका युवाहरुलाई सेन्टरले विशेष कार्यक्रमको आयोजना गरेर बधाई तथा सम्मान गरेको छ । कार्यक्रममा सञ्चालक कँडेलले हरेक क्षेत्रमा कुशलता र अनुशासन जरुरी रहेकाले विदेशमा काम गर्दा विशेष ध्यान पु¥याउन आग्रह गरे ।

‘अध्ययनका क्रममा जसरी मेहनतका साथ पढेर पास भयौं । त्यसैगरी विदेशमा आफ्नो कामप्रति ईमान्दारिता देखाउनुहोला,’ कँडेलले भने, ‘आफ्नो सुरक्षासहित काममा लगनशील बनेमा कसैले प्रश्न गर्न नसक्ने भएकाले लगनशीलता नभुल्न अनुरोध गर्दछु ।’ सेन्टर हाल जापानीज भाषाको पनि कक्षा शुरु गरेको छ । हालसम्म जापानी भाषा पढेका २० जना युवाहरु पास भएको कँडेलको भनाई छ ।

तपाईको प्रतिक्रिया