साफ महिला  भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा, फाइनलमा पुग्न भारत-नेपालको भिडन्त हुने

काठमाडौं । समूह विजेता बन्दै बंगलादेश महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराउँदै बंगलादेश सेमिफाइनल प्रवेश गरेको हो।

बंगलादेशको जितमा मोसाम्मत सिरात जाहन सोप्नाले २ गोल गरिन्। श्रीमोती सरकारले १ गोल गरिन्।

महिला साफको इतिहासमा भारतले पहिलो पटक हार बेहोरेको छ भने बंगलादेशले ऐतिहासिक जित निकालेको हो।

अब सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ भने भारतले नेपालको सामना गर्नेछ। नेपाल र भारतबीचको सेमिफाइनल खेल शुक्रबार बेलुकी साढे ५ बजे शुरु हुनेछ।

६ टोली सहभागी च्याम्पियनसिपमा पाकिस्तान र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएका छन्। अन्तिम खेलमा आज पाकिस्तानले माल्दिभ्समाथि शानदार जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दिउँसो भएको खेलमा पाकिस्तानले माल्दिभ्समाथि ७–० को फराकिलो जित निकालेको हो। पाकिस्तानको जितमा नारिया खानले ह्याट्रिक गरिन्।

खान एक्लैले पाकिस्तानका लागि ४ गोल गरिन्। रामिन फारीद, खादिजा काज्मी र अनमुल हिराले १र१ गोल गरे।

तपाईको प्रतिक्रिया