‘सायरा’ निर्माण घोषणा, निर्देशकमा बलिउडका देसाई

काठमाडौं । अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म ‘सायरा’ घोषणा गरिएको छ । मंगलवार होटल र्याडिसनमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो ।

नेपाली इन्डियन मेकर्सको संयुक्तलगानीमा बन्ने निर्माण हुन लागेको फिल्म बलिउडका निर्माता निर्देशक पुस्कर झाले निर्माण गर्न लागेका हुन् । पुस्करसँग नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अष्ट्रेलियाले सहकार्य गर्दैछन् । फिल्म बलिउड निर्देशक विशाल देसाइले नै निर्देशन गर्दैछन् ।

निर्देशक विशाल देसाइले नेप–इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए । ‘मलाइ निर्देशकको रुपमा चयन गर्नु भएकोमा उत्साहित छु । हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्ने किसिमले हामीले यस प्रोजेक्टलाई तयार गर्नेछौ’ देसाईले भने ।

भिलेजब्वाई प्रोडक्सन मार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुस्करले नेपाली फिल्म बनाउन पाउँदा खुसी रहेको बताए । उनले भने ‘नेपाली फिल्म बनाउने इच्छा थियो । अहिले यो सहकार्य हुँदा म उत्साहित छु । नेपाली फिल्मलाई हिन्दी भाषा मार्फत विश्वबजारमा लैजाने मसहित टिमको तयारी छ ।’

फिल्मका प्रस्तुतकर्ता रघु परियार हुन् । उनले नेपाली फिल्मको बजारलाई विदेशमा विस्तार गर्न सायराले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘हामीले यसलाई हिन्दी भाषामा ओटीटी मार्फत नेपाली फिल्मको बजार विस्तार होस् भनेर रिलिज गर्न लागेका हौँ । हामी ओटीटीमा हिन्दी भाषासँगै नेपाली भाषामा समेत रिलिज गर्ने तयारीमा छौँ’ परियारले भने ।

फिल्ममा आर्यन सिग्देल, सुफिया सिद्दीकी, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको अन्य कलाकार तथा प्राविधिकको बारेमा छिटै जानकारी दिने कार्यक्रममा जानकार दिइयो ।

‘फिल्म कसरी बन्छ सँगै कसरी प्रदर्शन हुन्छ भन्ने विषयमा यो टिम प्रष्ट देखिएको छ । त्यसैले यो प्रोजेटमा म काम गर्न उत्साहित छु’ आर्यनले भने । डान्सीङ रियालिटी शो मार्फत चिनिएकी कविता नेपाली यसै फिल्म मार्फत डेब्यु गर्दैछिन् । उनले टिमले आफूलाई जोडिन मदत गरेको बताइन ।

‘म राम्रो डेब्युको खोजिमा थिएँ । भने झैँ टिम लाग्यो । अनि जोडिए’ नेपालीले बताइन् । दसैँ र तिहारको बीचमा छायांकन सुरु हुने सायराको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने कार्यक्रममा जानकारी दिइयो ।

फिल्ममा नेपाल र भारत दुवै देशका कलाकारको समेत अभिनय रहनेछ । फिल्म घोषणा कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र पत्रकार संघका अध्यक्ष्य दिनेश सिटौला, भारतीय उद्योगपति भावर सिंह प्लाडा, इन्द्रेश राय, कलाकार अर्चना शर्मा लगायत थुप्रै व्यक्तिको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया