राउटेले बनाएका सामग्री काठमाडौंकाे भृकुटीमण्डप किन्न पाइने

सुर्खेत । कर्णाली प्रदेशका राउटेहरुले निर्माण गरेका काठका सामग्री काठमाडौंमा किन्न पाइने भएको छ। कर्णाली प्रदेशभर घुमेर बसिरहेका राउटेहरुले निर्माण गरेका सामग्री दैलेख जिल्लाबाट काठमाडौं लगिएकाे हो।

आज काठमाडौं उपत्यका  पुर्याइएका यी सामग्री असोज ५ र ६ गते प्रदर्शनीसहित बिक्री गरिने भएको हो।

५ गते भक्तपुर दरबार स्क्वायरमा र ६ गते भृकुटीमण्डपमा सामग्रीका स्टलहरू राखिने बताइएको छ।

राउटेका क्षेत्रमा काम गरिरहेको सामाजिक सेवा केन्द्रले सहजीकरण गरी सामग्री काठमाडौंसम्म लगेकाे हो। केन्द्रलाई एइएमआइ लक्जम्बर्गको सहयोग रहेको छ।

काठमाडौं लगिएका सामग्री केन्द्रले राउटेहरुसँग किनेर ल्याएको र ती सामग्री बेचिएका पैसा राउटेकै क्षेत्रमा लगाइने केन्द्रका रमेश तोयनाले जानकारी दिए।

सामग्रीसँगै ३ जना राउटेहरु पनि काठमाडौं आएका छन्।

तपाईको प्रतिक्रिया