आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ । आज (आइतबार) राति पनि देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

बुलेटिनअनुसार भोलि (सोमबार) दिउँसो पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै यी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

तपाईको प्रतिक्रिया