महिला फुटवलमा प्रदेश नं। १ विजयी

स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको दास्रो खेलमा प्रदेश नंं। १ विजयी भएको छ ।

स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश नं। १ ले घरेलु टोली गण्डकी प्रदेशलाई २(१ गोल अन्तरले पराजित गर्दै जित हात पारेकोे हो ।

शनिबारको खेलमा अञ्जना थुलुङ राईले ३६औँ मिनेटमा गोल गर्दै प्रदेश नं। १ लाई अग्रता दिलाइन् ।

दोस्रो हाफको ६३ औँ मिनेटमा प्रदेश नं। १ की नै अनिता गुरुङले थप १ गोल गर्दै प्रदेश नं। १ लाई जित नजिक पुर्याइन् ।

खेलको उत्तरार्द्धको ८१ औँ मिनेटमा गण्डकी प्रदेशकी शान्ति नेपालीले घरेलु टोली गण्डकी प्रदेशको तर्फबाट सान्त्वना गोल गरिन् ।

तपाईको प्रतिक्रिया