नवौँ राष्ट्रिय खेलकुद : ६१ स्वर्णसहित अग्रस्थानमा आर्मी

पाेखरा । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउँदै लगेको छ। हालसम्म ४ सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदकसहित कुल १२८ पदक हात पारिसकेको छ।

दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्यसहित ६५ पदक जितेको छ। अर्को विभागीय टिम एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ कास्य पदकसहित कुल ७४ पदक हात परेको छ।

यसैगरी, बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक जित्दा गण्डकी प्रदेशले १० स्वर्ण, ८ रजत र २० कास्य पदकसहित ३८ पदक आफ्नो पोल्टामा पारेको छ। एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्यसहित १६ पदक, प्रदेश १ ले ३ स्वर्ण ८ रजत र २१ कास्यसहित ३२ पदक, मधेस प्रदेशले २ स्वर्ण, ३ रजत र ७ कास्यसहित १२ पदक जितेका छन्।

यस्तै, सुदूरपश्चिम प्रदेशले २ स्वर्ण, १ रजत, ११ कास्यसहित १४ पदक, लुम्बिनी प्रदेशले १ स्वर्ण, ९ रजत र १२ कास्यसहित २२ पदक र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, २ कास्यसहित ४ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।

तपाईको प्रतिक्रिया