ज्ञानप्रसार अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत । ज्ञानप्रसार अभिमुखीकरण कार्यक्रम गुरासँ गाउँपालिका–५ को शान्तिबजारमा सम्पन्न भएको छ। युएनडिपि र महिला सशक्तिकरण मञ्चको साझेदारीमा सञ्चालित संस्थागत सुधारमा मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना अन्तरर्गत कार्यक्रम गरिएको हो।

समाजमा विद्यमान बाहविवाह, घरेलु हिंसा, जातीय छुवाछुत लगायतका विषयमा जनचेतना अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम गरिएको थियो।

उक्त कार्यक्रममा सहभागीले समुदाय स्तरमा घरेलु हिंसा र बालविवाह बढ्दो अवस्थामा रहेकाले चिन्ताको विषय बनेको बताए। महिला सशक्तिकरण मञ्चका कार्यक्रम निर्देशक लक्ष्मी जिसीले कार्यक्रमको उदेश्यबारे जानकारी गराएकी थिइन्।

महिला सशक्तिकरण मञ्चका अध्यक्ष सुनिता चन्दले यस्ता घटना बढ्नुकाे मुख्य कारण अशिक्षा, बेरोजगारी, लागुुपर्दाथ सेवन रहेको बताइन्। उनले भनिनर, ‘यस्ता समस्या समाधानका निम्त्ति हामी तपाईहरुसँग मिलेर सहकार्य गर्न तयार छौँ।’

कार्यक्रमको सहजीकरण कानुनी भोलेन्डीयर विष्नुबहादुर विकले गरेका थिए। कार्यक्रममा ६२ जनाको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया