मैले नजित्दा युग र परिवर्तनले हार्छ, जित पक्का छ : ठम्मर विष्ट (अन्तर्वार्ता)

आगामी मंसिर ४ गते हुने निर्वाचनले राजनीतिक माहोल तातिएको छ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि बनेका उम्मेदवारहरु यति बेला मतदातासँग मत माग्न घरदैलोमा व्यस्त छन् । नेकपा (माओवादी केन्द्र) पार्टी छाडेर एमाले प्रवेश गरेका ठम्मरबहादुर विष्ट एमालेबाट उम्मेदवार बनेका छन्। विष्ट एमालेबाट सुर्खेत प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर–१ (क)को उम्मेदवार बनेका हुन्। ०७४ सालको आम निर्वाचनमा सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका विष्ट पुनः उम्मेदवार बनेपछि उक्त क्षेत्रलाई चासोको रूपमा हेरिएको छ।

विष्टले एमाले–माओवादीबीच एकताहुँदा १५ हजार ३५२ मत ल्याएर निर्वाचित भएका थिए। विष्टले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर सिंह ठकुरीलाई हराएका थिए। टेकबहादुरले १५ हजार १३२ मत प्राप्त गरेका थिए। खरो र स्पष्ट बोल्ने शैली भएका विष्ट एमालेमा प्रवेश गरेर उम्मेदवार बनेसँगै उक्त निर्वाचन क्षेत्रमा हलचल भएको छ। यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनले नेपाली कांग्रेसका सुर्खेत जिल्ला सभापति समेत रहेका खड्कबहादुर पोखरेललाई उम्मेदवार बनाएको छ। गठबन्धनसँग मुख्य प्रतिस्पर्धामा रहेका एमालेका उम्मेदवार विष्टसँग उनको राजनीतिक ईतिहास, उम्मेदवारी तथा एजेण्डालगायतका विषयमा केन्द्रीत रहेर नेपालीरैबारकर्मीले गरेको कुराकानी:-

तपाईंको राजनीति यात्रा कहिलेदेखि सुरू भयो?

म २०४४ सालबाट राजनीतिक यात्रामा होम्मिएको नेता हुँ। ३५ बर्षे राजनैतिक जीवनमा बामपन्थी पृष्ठभूमीबाट माओवादीको जनयुद्धमा होमिए। त्यो समयमा कहिले पनि राजनीतिमा पछाडी फर्केर हेर्नु परेन्। ५० को दशक यता माओवादीको पार्टी संगठनमा प्रवेश गरे। विभिन युद्धरत अवस्थामा नै जिल्लाका विभिन्न क्षेत्रमा इन्चार्जसम्मको भूमिका समेत निर्वाह गरे।

‘संघर्षको रुप युद्ध र संगठनको स्वरुप सेना’ भन्ने मुल नारा अंगिकार गरिरहेको स्थितीमा तत्कालिन अवस्थामा भेरी कर्णाली राज्यको नेतृत्वको आँखामा सुर्खेतबाट पहिलो रोजाइँमा म परे। तत्कालिन भेरी कर्णाली राज्य जाजरकोटको मोडेल जिल्लामा सचिवालयको रुपमा काम गर्ने अवसर पाएँ। छोटो समयमा कुसल संगठनको भुमिकामा प्रदर्शन गरेर देखाए। त्यसपछि अपग्रेडहँुदै विभिन्न जिम्मेवारी निर्वाह गर्दै मेरो राजनीति यात्रा सुरू भएको हो।

पार्टी भित्र कुन–कुन जिम्मेवारीमा रहेर काम गर्नुभयो?

यसमा मैले पाएको जिम्मेवारी र गरेका कामहरू धेरै छन्। जसमा घनघोर युद्ध चर्किदै जाँदा सम्पूर्ण युवा मिलिसिया सैन्यकरण भैरहदा सेना भित्र योग्य कमाण्डरहरुको खाचो हुन्थ्यो। त्येतीबेला पार्टीको आदेशलाई आत्मसाथ गर्दै प्रारम्भमा जनमुक्ति सेनाको कम्पनी कमीसारको रुपमा मोडेल जिल्लाबाट सेनामा स्थानान्तरण भए।

त्यो समयमा मेरो पहलकदमी लिँदै सुरूमा आठौँ ब्रिगेडको आर्टिलरी एवम् प्रशासनिक विभाग र पछि सातौं डिभिजनमा बटालियन कमीसार एवम् डिभिजन चिफ एड्मीष्ट्रेटरको रुपमा काम गरे। युद्धको क्रममा २०६० तिर मलाई प्रहरीले पक्राउ गरेपछि केही समय हिरासतमा बिताए।

तुरुन्तै मेरो माग हतियार तथा सेना समायोजन समिति जेएमसीसीमा भयो। एकातिर कुल संगठक कमाण्डर अर्कोतिर माओवादी युद्धमा सम्माहित हुनु पुर्व केही संस्थाहरुमा कामको अनुभव समेत थियो। त्यसैले त्यो स्थानमा पु¥याउन केन्द्र पार्टीले छनौट गरेको हुनुपर्छ। यस्तै, संयुक्त राष्ट्र संघीय नेपाल मिशन यूएनओमा सहभागीहँुदै देशको पाँचबटा कमाण्ड मध्य म सुदुरपश्चिमको सेक्टर कमाण्डर भएर नेतृत्व गरे। सेना तथा हतियार समायोजनमा विदेशी सेना अफीसर र पोलीटीसीएनहरुसँगको मेरो कामले पहिचान बनाउँन र चर्चा बटुल्न सफल भएँ।

२०७४ पहिला चुनाव लड्नु भएको थियो अनुभव कस्तो रह्यो?

हो। म ०७० र ०७४ सालको निर्वाचनमा उम्मेदवार बनेको थिए। ०७४ को निर्वाचनमा निर्वाचित भए भने ०७० को निर्वाचनमा जित हासिल गर्न सकेन्। २०६९ सालमा जनमुक्ति सेनाबाट सिफ्ट भएसँगै झण्डै एक बर्षको तयारीले म २०७० को संसदीय चुनावमा उम्मेदवारका लागि योग्य भएको थिए। त्यतीबेला संविधान सभा सदस्यका लागि भएको निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत नेकपा (माओवादी केन्द्र) पार्टीको तर्फबाट उम्मेदवार बनेको थिए।

यद्यपी प्रतिकुल स्थितिकाबीच पार्टीको बलीयो उपस्थिती जनाउन सकिएन्। तर, त्यसको ठिक चार बर्षपछि २०७४ मा भएको आम निर्वाचनमा एमाले र माओवादी पार्टीबीच भएको गठबन्धनबाट उम्मेदवार भए र झण्डै गठबन्धन भन्दा दुई हजार मतले अगाडी रहेको प्रतिस्पर्धीलाई उछिन्दै २२० मतले बाजी मार्न सफल भएँ।

०७४ को निर्वाचन जितेपछि प्रदेश सभामा तपाईंको भूमिका कस्तो रह्यो?

निर्वाचन जितेपछि मैले जनताका आवाज उठाएर उनिहरुका समस्या संसदमा बोल्ने महत्वपूर्ण भूमिका खेले। फलस्वरुप आजभोली जनताले मेरो नाम जताततै लिने गर्दछन्। चर्चा त झन तब सुरु भयो जब मेरो प्रदेश सभामा इन्ट्री भएको थियो।

जनताका आधारभुत मुद्दा उठाउनेदेखि ऐन, नियम, कानून, नीति निर्माण, सुधार गर्नुपर्ने कुराको सुधार लगायतका आम जनताका विषयबस्तु लगेर संसद भित्र जनताको आवाज बुलन्द गरिरहे। त्यसपछि जनताको ध्यान म माथी तान्यो। आफ्नै संसदीय दलमासमेत अन्र्तसंघर्ष चल्यो त्यसको प्रवाहसमेत मैले गरेन्। मैले गरेका विभिन्न सम्बोधनहरू प्रदेश सभामा सबैभन्दा लाइक, भ्यूज र कमेन्टको रुपमा दर्ज भैसकेको मात्र छैनन्। मेरो विचारहरु कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि प्रदेशभरसमेत चर्चा बटुल्न सफल भसकेका छन्।

यद्यपी मैले उठाएको दल भित्रको रुपान्तरणसहितको अन्तर्संर्घष जायज भए पनि विभिन्न कारणले नेकपा विभाजन हुने स्थितीसम्म पुग्दा त्यो अन्तर्संघर्षलाई पार्टी भित्र र बाहिर केही कुत्सीत मनसाय भएका ब्यक्तीहरुले गलत तरिकाले कुप्रचार समेत गरेका थिए। जे–जस्तो भएता पनि संसदमा जनताका सरोकारका विषय हुन वा विकास निर्माणमा पहल लिने जस्ता कुरामा म सेलाएन्। निरन्तर अघि बढिरहे।

त्यसो भए आफूलाई जनताले लोकप्रिय नेता ठान्छन् भन्ने दावी हो?

हो नी! मेरो क्षेत्रवासी नागरिकले मलाई नै चाहान्छन्। प्रदेश सभाको रोष्ट्रममा पुगेर जनताका आवाज खरो रुपमा बुलन्द पारेकै कारण आजका दिनसम्म आफ्नो पार्टी संवद्ध कार्यकर्ता र समर्थन रहेको छ। त्यतीबेला प्रतिपक्ष पार्टीको सर्कलमा समेत मेरो लोकप्रियता कम थिएन्। त्यसैले म सधैं जनताका नजरमा त्यागी, निडर, विकासवादी र दुख,सुखका सारथी बनिरहेको छु। यो मैले मात्रै बोलेको हैन्। मेरो क्षेत्रवासी जनताको पनि आवाज हो।

सांसद बनेपछि जनताका लागि के–कस्ता पहल भए?

म कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रमा जनताका दिनानुदिन हुने समस्यादेखि प्रहरी प्रशासन हुँदै अडाअदालतका क्षेत्रमा समेत काँध हाल्ने पहल गरे। थुप्रै भौतिक पुर्वाधार विकास निर्माणका कार्यहरुदेखि शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, कृषि, पशुपालन, सिचाँइ, विद्युत, खानेपानी, तटबन्धन, स्वरोजगार लगायतका योजनाहरुको पहल भयो।

विकास निर्माणका कामहरु सँगसँगै विकासमा पहलकदम लिइ कामलाइ अगाडी बढाउने काम भएका छन्। भने, मैले नै मेरो निर्वाचन क्षेत्रमा पुल, विद्यालय, स्वास्थ्य चौकी लागयतका विकास निर्माणका कामहरू शिलान्यास गरेको छु। ती निर्माणधिन संरचनाहरुको बेला–बेला अनुगमन र निगारनी मै राखेको छु।

तपाईं माओवादी पार्टीबाट निर्वाचित सांसद बीचैमा सांसद पदबाट राजीनामा दिएर एमालेमा किन प्रवेश गर्नुभयो?

यो कुरा त सबैलाई थाहा नै होला। तर, मैले भन्नैपर्छ। म एमालेमा प्रवेश गुर्नको कारण आफु माओवादीभीत्र सत्ता संचालनमा गम्भीर त्रुटीहरु देखा परे, सांसद हुँदाहुँदै पनि बिबादित गैर–सांसदलाई मन्त्री बनाएर बजेटमा ब्रह्मालुट गर्ने जस्ता प्रवृत्तिहरु सरकारमा भैसकेपछि मैले सांसद पद छाडेको हुँ।

त्यतीबेला माओवादी केन्द्रको प्रमुख सचेतक थिए। सचेतक पद र आफुले पाउदै गरेको तलब भत्ता, सेवा सुविधालाई समेत बेवास्था गर्दै झण्डै एक बर्ष पहिला नै जनतामाझ गईसकेको छु। त्यसैले मेरो भनाई के छ भने सत्तामा अझ बढी सुविधा लिएर टाँसी राख्ने गलत संस्कृतीको विरुद्ध धावा बोल्नैपर्छ। त्यसैले म एमालेमा प्रवेश भए।

पुनः प्रदेश सभामा तपाईंको उम्मेदवारी किन?

यस्तो छ। आफ्नो पहिलो कार्यकालमा पार्टीको दायरा भित्र मात्र नभई आम जनतालाई प्रभावित पार्नेगरी काम गर्न सफल भएँ। बाँकी रहेका त्यस्ता अधुरा कामलाई पुरा गर्ने ठोस भिजनसहित चुनावी मैदानमा उत्रिँएको छु। आफ्नो निर्वाचन क्षेत्रमा सबै वर्ग, क्षेत्र र समुदायका जनताले मलाई अत्याधीक रुचाएका पनि छन्।

सुर्खेती जनताको त्यारो पार्टी भनेकै एमाले हो। जनताको इक्षा, आङ्कक्षा र अटुट विश्वासका साथ यस पटक पनि आफ्नो उमेदवारी सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (१)मा दिएको छु। सम्पुर्ण न्यायप्रेमी जनसमुदायले २०७४ को निर्वाचनमा भोट दिए जसरि नै भोट दिनुहुनेछ भन्ने आस गरेको छु।

०७४ को निर्वाचनमा मैले करिब ८० प्रतिशत भोट एमालेबाट नै आएका थिए। साथै मैले नजित्दा युग र परिर्वतनले हार्ने छ भन्ने कुरा मेरो क्षेत्रवासीले पहिलानै बुझिसकेका छन्। त्यसैकारणले मेरो जित पक्का सुनिश्चित जस्तै छ। जनताले म बाट धेरै अपेक्षा गरेका छन्। साथै प्रदेश निर्माणको पवित्र अभियानमा टेवा पुरयाउन सुर्य चिह्नमा भारी मतदान गरी जनताले विजय गराउने कुरामा म ढुक्क छु।

तपाईको प्रतिक्रिया