राप्रपा उम्मेदवार सवार गाडी चौकुनेमा दुर्घटना

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सवार सवारी दुर्घटनामा परेको छ। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–१ गैलुमा भनसरा चुनावी प्रचारमा जादै गरेको डब्बल क्यापको भे १ च २८०५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।

प्रत्यक्षदर्शिका अनुसार अनुसार गाडी सोमबार बिहान दुर्घटनामा परेको हो। उकालो सडक भएका कारण गाडी अगाडी बढ्न नसकेर दुर्घटनामा परेको स्थानीयको भनाई रहेको छ।

हाल घटनास्थलमा अस्थायी प्रहरी पोष्ट लगामबाट प्रहरी खटिएको छ। उक्त गाडीमा सवार सामान्य घाइते भएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राप्रपाबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा उम्मेदवार भिमबहादुर शाही, प्रदेश सभा (१) का उम्मेदवार सुर्यबहादुर खत्री र प्रदेश सभा (२)का उम्मेदवार कर्णबहादुर रेगामी मगरको चुनावी प्रचार–प्रसारमा गाडी गएको थियो।

 

तपाईको प्रतिक्रिया