सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालाको अग्रता

सल्यान । सल्यानको प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालाले मतान्तर फराकिलो बनाएका छन् । ज्वालाले ७ हजार १२९ मतसहित अग्रता कायम गर्दा स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाह ३ हजार ७०२ मतसहित दोस्रो स्थानमा छन् ।

नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर राय १ हजार ७७७ मतसहित तेस्रो स्थानमा छन् । प्रदेश सभा १ तर्फ सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका भिमप्रकाश शर्मा अगाडि छन् । उनले ४ हजार ३६९ मत प्राप्त गर्दा नेकपा एमालेका कुलबहादुर गिरीले २ हजार २०५ मत पाएका छन् ।

यसैगरी प्रदेशसभा २ तर्फ नेपाली कांग्रेसका सुरेश अधिकारीले ३ हजार ५७० र नेकपा एमालेका उम्मेदवार गुलावजंग शाहले ३ हजार ४४४ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया